काठमाडाैं— भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, लोकन्थली रमाइलो चोकस्थित निर्माणाधीन चारतले घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

राति घरको छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट लडेर खस्दा  ३० वर्षीया लीला सदाको मृत्यु भएको हो ।

उनी परिवारसहित सोही घरमा काम गर्न बसेकी थिइन् ।

सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरी तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

राति १० बजे  खाना खाएर छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Skip