काठमाडाैं- काठमाडौं उपत्यकाभित्र पछिल्लो समय काेराेना संक्रमण राेकथामका लागि जारी निषेधाज्ञालाइ खुकुलो बनाउँदै लागू गरिएकाे जोरबिजोर प्रणाली हटाइएको छ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्।

याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।

उनका अनुसार कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यस्तै, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ।

मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन उनले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय