विशेष रिपोर्ट

जो करोडपति थिए तर मेलम्ची बाढीपछि….

657 Shares अजय अनुरागी काठमाडाैं— सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए । […]
[sharethis-inline-buttons]
जो करोडपति थिए तर मेलम्ची बाढीपछि….

  • अजय अनुरागी

काठमाडाैं— सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए ।

विगत १८ वर्षदेखि मेलम्ची बजारमा भाडाको सटरमा बेकरी हाउस सञ्चालन गर्दै आए पनि २ वर्ष अघिदेखि आफ्नै घरबाट व्यापार गर्दै आएका थिए । मेलम्चीको मुख्य बजारमा ४ आना जग्गा किनेर १ तला पक्की घर बनाएका थिए ।

पुर्ख्यौली गाउँ रामेछापको गुन्सी भदौरेको पैतृक सम्पत्ति २० रोपनी जग्गा बेचेर शहरमा २० लाख रुपैयाँ आनाको दरमा ४ आना घडेरी किनेको गौतमले बताए । जग्गा किनिसकेपछि थप २५ लाख रुपैयाँ लगानी लगाएर एकतले पक्की घर बनाएको उनले बताए तर अहिले उनको घरको अत्तोपत्तो नै छैन ।

असार १ गते आएको बाढीले उनको घर पुरिएको छ, घरको भग्नावशेष नै देखिएको छैन । ‘बाढीमा बगेर आएको बालुवा, ढुंगा सहितको लेयरले घर पुरिएको छ,’ बालुवाको बगर बनेको ठाउँतर्फ देखाउँदै उनले भने, ‘उ त्यो बालुवा र माटोको ढिस्कोमाथि अहिले केही मानिसहरू छन्, त्यसभित्र मेरो घर थियो, जो अहिले पुरिएको छ ।’

भाडाको सटरबाट आफ्नै घरमा बेकरी उद्योग सञ्चालन गर्नका लागि कृषि विकास बैंकबाट १६ लाख रुपैयाँ ऋण स्वीकृत भए पनि १० लाख रुपैयाँ ऋण समेत लिएका थिए । ‘गौतम बेकरी’ नामले सञ्चालन गरेको उद्योगबाट पाउरोटी, केक, डेरीजन्य उत्पादन गरेर बिक्री वितरण गर्दै आएका थिए ।

बेकरीको काममा उनलाई उनकी ३७ वर्षीया पत्नी सीता गौतमले पनि दिनरात सहयोग गर्ने गरेकी थिइन् । मासिक ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् । तर बाढी आएपछि सबै सम्पत्ति बर्बाद भएको छ ।

अचानक बाढी आयो भनेर सूचना आएपछि लाएको कपडाबाहेक केही पनि सामान घरबाट निकाल्न नसकिएको उनले बताइन् । ‘घरमा भएको एउटा चप्पल समेत खुट्टामा लगाउन सकिएन, खाली खुट्टा नै घरबाट बाहिर भाग्नुपर्‍यो,’ उनले भनिन्, ‘अहिले अरु मानिसको चप्पल मागेर बाहिर आफन्तको शरणमा बस्नुपरेको छ ।’

‘पसलमा २५ लाख रुपैयाँ जतिको त बेकरी मशिन नै थियो, त्यो पनि पुरियो,’ उनले भनिन्, ‘लत्ता, कपडा, सुनचाँदी, नगद, खाने समानदेखि फर्निचर, टेलिभिजन, फ्रीज लगायत थुप्रै सामान थिए । एउटा सामान पनि निकाल्न सकिएन, सबै बर्बाद भयो, एकक्षणमै हामी कंगाल भयौं !’

साभारः लोकान्तर डटकम

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर