तीनै जना मन्त्रीको सपथ केही बेरमै हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
फाइल फोटो
जनकपुरधाम— प्रदेश २ को सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । तीन मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समितिका एक सदस्यले जानकारी दिए ।








