जनकपुरधाम— वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोरोना महामारी संग जुध्न प्रदेश सरकारलाई सय थान अक्सीजन सिलिण्डर सहितको सामग्री सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधिहरु आज मुख्यमन्त्री निवासमा मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन ।

पहिलो चरणको लागी भन्दै संस्थाले अक्सीजन सिलिण्डर १०० थान, अक्सीमिटर १०० थान, पिपिई सेट १०० थान, थर्मल गन १०० थान र अक्सीजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरेको छ ।

त्यसै गरि प्रदेश अन्तर्गतका महोत्तरी , सर्लाही र रौतटहलाई आजै प्रति जिल्ला अक्सीजन सिलिण्डर ७० थान, अक्सीमिटर ७० थान, पिपिई सेट ७० थान, थर्मल गन ७० थान र अक्सीजन कन्सनट्रेटर १ थान बुझाउने तथा धनुषा लाई अर्को साता अक्सीजन सिलिण्डर १०० थान तथा पिपिई ५० थान बुझाउने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय