विशेष रिपोर्ट

सिरहामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

657 Shares लहान- सिरहाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् । लहान नगरपालिका वडा नं ५ स्थित विलट […]
[sharethis-inline-buttons]
सिरहामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

लहान- सिरहाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् ।

लहान नगरपालिका वडा नं ५ स्थित विलट साह रौनियार होमियोप्याथिक अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा लहान नगरक्षेत्र तथा वरिपरिका गाउँका २६५ सर्वसाधारणले जाँच गराएका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सगरमाथा चौधरी आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा जाँच गराएका २६५ जनाले आँखा जाँच गराएकामा ७५ मा मोतियाविन्दुका बिरामी भेटिएका जनाइएको छ ।

मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर