document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1853;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट परेको छ ।
१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् । त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।
सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ । फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।
स्रोत : बीबीसी










