काठमाडौं- नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमित थपिएको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।









