विशेष रिपोर्ट

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

657 Shares काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ महिला र १२ जना पुरुष गरी […]
[sharethis-inline-buttons]
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ महिला र १२ जना पुरुष गरी १७ जनाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर