पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्यो ।
राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे । यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।
राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए ।
त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो ।
टी–२० मा डेब्यु गरेका ओपनर यजश्वी जैसवाल ६ रन बनाएर आउट भएपनि स्मिथ र सामसनले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए । स्मिथले ४७ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ६९ रन बनाए ।
राजस्थानको लागि २०० रन कटाउने क्रममा फास्ट बलर जोफ्रा आर्चरले अन्तिममा विष्फोटक ब्याटिङ गरे । उनले ८ बल खेल्दै ४ छक्का मद्दतमा अविजित २७ रन जोडे । चेन्नाईका साम करनले ३ विकेट लिए ।








