document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1017;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३२ जना नयाँ सङ्क्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६, सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४ र पर्सा नौ जना गरी १३२ जना नयाँ सङ्क्रमित थपिएको हो ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो समेत यस प्रदेशमा महिला एक हजार ९०७ र पुरुष नौं हजार ९३८ गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको छ । ती मध्ये ४२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार ३११ जना निको भएर घर फर्केका हुन् ।
यस प्रदेशअन्तर्गतका विभिन्न आठवटै जिल्लाबाट अहिलेसम्म एक लाख १० हजार १३७ जनाको स्वाबको नमूना सङ्कलन गरिसकिएको छ । सोमध्ये ९३ हजार ५८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७०४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ ।
यस प्रदेशअन्तर्गत रहेका १७० वटा क्वारेन्टिनमा आजसम्म ४३९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४४८ जना, आइसोलेसनमा ८९० जना र होम आइसोलेशनमा चार हजार ५३६ जना बसेका छन् । रासस










