काठमाडौं- नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ८१ संक्रमित थपिएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९१८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।









