document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 658;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।
कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उनले भने, “हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।” सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ ।
अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । “सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ”, प्याकुरेलले भने । क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।










