काठमाडौं- नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३०३ महिला र ५९६ पुरुष गरी ८९९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ रहेको छ ।
पछिल्लो त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।