- फुलगेन मगही
ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा नगरस्तरीय हाजरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शुक्रवार नगरस्तरीय मा.बि हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
मिथिला नगरपालिका–९ स्थित रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयको आयोजना मिथिला नगरपालिका ढल्केवरको सहयोगमा उक्त हाजरीजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विश्वनाथ महतोको सभापतित्व तथा नगरउप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त हाजरीजवाफ प्रतियोगितामा पालिका भित्रका जम्मा १२ वटा निजी तथा सरकारी बिद्यालयले सहभागिता जनाएका थिए । जसमा जनता मा.बि नक्टाझिज प्रथम, जनक इन्टनेशनल स्कुल ढल्केवर द्वितीय, महेन्द्र मा.बि ढल्केवर तृतीय स्थान ल्याउँदा चिल्ड्रेन गार्डेन इ.बो स्कुलले सान्तवना स्थानमा सीमित भए ।

प्रतियोगिताको निर्णायक मंडलमा कमल लामा, शम्भु कार्की, गोरी जर्घा रहेका थिए ।








