• फुलगेन मगही

ढल्केवर— धनुषाको बटेश्वरमा साँस्कृतिक संग्राम सम्पन्न भएको छ । जताततै समाजमा धार्मिक कार्यक्रमको नाममा चन्दा उठाएर आरके स्ट्रा उश्रृङखल गीतमा नाच्ने ,नचाउने गतिबिधि साँस्कृतिक संरक्षणको नाममा बितंडा, समाजमा बिभिन्न किसिमको पाटीको नाममा झैझगडा र भारभैलो भएको बेला यसलाई सुधारको निम्ति बटेश्वर गाउँपालिमा साकारात्कम संदेश फैलाउने उद्देश्यले आयोजना गरिएको साँस्कृतिक संग्राम सम्पन्न भएको हो ।

‘साँस्कृतिक हाम्रो पहिचान, एकता हाम्रो शान’ मूलनारा सहित स्वतन्त्र युवा समूहको अगुवाई तथा अप्पन मिडिया प्रोडक्सन हाउसको आयोजनामा बटेश्वर गाउँपालिका वडा नं. ४ शिव मन्दिरको प्राङ्गणमा बटेश्वर साँस्कृतिक संग्राम गरिएको हो ।

अप्पन मिडिया प्रोडक्सन हाउसका अध्यक्ष बिजय कुमार दासको अध्यक्षता तथा बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष पूmल कुमारी सिंहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बटेश्वर गाउँपालिका भित्रका बिधालयहरु शिव शक्ति मावि,जन शक्ति मावि, जनप्रिय मावि, कार्तिक कुमर सन साईन बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा सबै उमेर समूहका कलाकारहरुले गायन, नृत्य, कमेडीलगायतको प्रस्तुती दिएका थिए । कलाकारहरुको नेपाली, मगही, हिन्दी, भोजपुरी लगायतका गीतहरु प्रस्तुतिले एकताको संदेश झल्काउनुको साथै स्थानिय कलाको प्रस्फूटन भएको स्थानिय युवा तथा समाजसेवी प्रकाश निरौला उल्लेख गरे ।

कार्यक्रममा सहभागी कलाकारहरुलाई सम्मान तथा प्रमाण पत्र बितरण गरिएको थियो । यसअघि बटेश्वर भरीका कलाकारहरुलाई कार्यक्रम सहभागि हुन आयोजकले खुल्ला आह्वान गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथी बटेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष निरज कार्कीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय