विशेष रिपोर्ट

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने, फेल भएका सबैले परीक्षा दिन पाउने

657 Shares काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा […]
[sharethis-inline-buttons]
एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने, फेल भएका सबैले परीक्षा दिन पाउने
फाइल फोटो
657
Shares

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।  

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो । न्युजकारखाना

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर