ढल्केवर— धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा प्रथम रतनपुर यु—१८ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । रत्न ज्योती युवा क्लवले पुष्पलपुर नजिकै रहेको रतनपुरको खेल मैदानमा बैशाख ३० गतेदेखि प्रथम रतनपुर यु—१८ गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ९ वटा टिम सहभागी रह्ने आयोजकले जनाएको छ । प्रथम हुने टिमलाई १५ हजार र द्वितिय हुने टिमलाई ७ हजार रुपैया नगद र शिल्ड प्रदान गरिने आयोजक पक्षका निशान्त थापाले सञ्चार ब्यूरोलाई जानकारी दिए ।

उक्त प्रतियोगितामा धनुषाधाम, हरिहरपुर, बेंगाडाबर, ढल्केवर, पुष्पलपुर, मालटोल, बिरेन्द्रबजार र आयोजक रत्न ज्योती युवा क्लवको ए र बि गरी ९ वटा टिमबीच प्रतिस्पर्धा हुने थापाले बताए । प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुने उनले जनाए ।

प्रतियोगितालाई भव्य बनाउने योजना रहेकोले प्रायोजक बन्न ईच्छुक व्यक्ति वा संघसंस्थाहरुले सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय