काठमाडौं- नेपालमा थप ६८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८१ संक्रमित थपिएका हुन् । जसमा २१६ महिला र ४६५ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए ।