विशेष रिपोर्ट

थप ६८१ जनामा कोरोना संक्रमण

657 Shares काठमाडौं- नेपालमा थप ६८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा […]
[sharethis-inline-buttons]
थप ६८१ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा थप ६८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८१ संक्रमित थपिएका हुन् । जसमा २१६ महिला र ४६५ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८  रहेको छ । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए ।

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर