- फुलगेन मगही
ढल्केवर— धनुषाको एक विद्यालयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको महेन्द्र माध्यमिक विद्यालयमा झोला वितरण गरिएको हो ।
अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा ९० देखी ३ सम्मको सम्पूर्ण विद्यार्थीलाई र कक्षा ४ देखि १२ सम्मको बिद्यार्थीलाई प्रथम, द्वितिय, तृतीय स्थान हासिल गर्नेलाई पुरस्कारको रूपमा झोला प्रदान गरिएको प्रधानाध्यापक राम कुमार महतोले जानकारी दिए ।
झोला वार्ड नम्बर ६ का वडाअध्यक्ष नन्दकिशोर यादवले आफ्नो व्यक्तिगत तर्फबाट प्रदान गरेका हुन् ।








