वीरगञ्ज- प्रदेश २ मा सेना, स्वास्थ्याकर्मीसहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए ।

संक्रमित हुनेहरुमध्ये वीरगञ्जका वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना छन् भने बहुदरमाई नगरपालिका वडा नं २, ३, ५ तथा ६ का ८१ जना छन् । यसैगरि नारायणी बयोधा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टमा कार्यरत ५ जना तथा क्वालिटी डिपार्टमेन्टमा कार्यरत १ जनासहित ६ जना छन् ।

संक्रमण पुष्टि हुनेहरुमा जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना तथा वडा नं ३ का १ जनासहित ४ जना छन् भने नगरदाहाका २ जना छन् । त्यसैगरी बैरियाबिर्ताका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

उनले वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारा जिल्लाका ८ जना कोरोना संक्रमण पुष्टि भएको बताए । जसमध्ये श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका–१ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका – २ का १ जना रहेका छन । त्यसरीनै सप्तरी जिल्लाका पनि १ जनामा संक्रमण पुष्टि भएको डा. सिंहको भनाइ छ ।

वीरगञ्जमा मास तेस्टिङ्ग तथा एक घर एक पीसीआर परीक्षण अभियान संचालन गरेसँगै वीरगञ्जमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा बृद्धि भएको थियो । त्यस पश्चात पर्साको ग्रामीण भेगका पालिकाहरुमा पनि पीसीआर परीक्षणको दायरा बढाएसँगै वीरगञ्ज महानगरपालिका बाहेकका अन्य स्थानी तहहरुको नागरिकहरुमा पनि संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको हो ।

मंगलबार राति अबेरसम्म आएको पीसीआर रिपोर्ट अनुसार सबै भन्दा बढी बहुदरमाई नगरपालिकाका नागरिकहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने ११७ जना मध्ये ८१ जना बहुदरमाई नगरपालिकाका मात्रै छन् भने बाँकी वीरगञ्ज महानगरपालिका लगायत बारा जिल्लाका रहेका छन् ।

उनीहरुमधे १ जना पर्सा जिल्लाको कालिकामाई गाऊपालिकाका पनि छ । संक्रमण पुष्टि हुनेहरु ७ बर्ष देखि ७० बर्ष उमेर समूहका रहेका छन् । मंगलबार राति १ सय जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ । खबरहवबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय