विशेष रिपोर्ट

एसिड पोखिएर जनकपुर-जयनगर चल्ने नेपाली रेलमा आगलागी, यात्रुहरुको भागाभाग

657 Shares जनकपुरधाम— जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ। भारतको बिहारस्थित जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो […]
[sharethis-inline-buttons]
एसिड पोखिएर जनकपुर-जयनगर चल्ने नेपाली रेलमा आगलागी, यात्रुहरुको भागाभाग
657
Shares

जनकपुरधाम— जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ। भारतको बिहारस्थित जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो लागेको हो।

नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको छ । नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको छ ।

प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको छ । ती नेपाली महिलाहरुलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन लागेको छ ।

नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जयनगर स्टेसनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको छ । रेलमा आगो लागेर भएको क्षतिबारे एकीन भइनसकेको पनि झाले बताएका छन् ।

कसरी लागेको थियो आगो?
माथि सामान राख्ने ठाउँमा एसिड राखिएको थियो। एसिडको एक थोपा एक महिला यात्रुको पिठ्युँमा झरेपछि उनी तर्सिएर त्यहाँबाट उठिन् । त्यसपछि सिटमा चुहिँदा धुँवा भएर आगो सल्केपछि भागाभाग भएको हो ।

त्यहाँ तल एउटा सानो ग्यास सिलिन्डर पनि थियो । सो ठाउँबाट एक युवक र पुरुष फरार भएका छन् । ती पुरुषका श्रीमती र छोरीलाई शंकास्पद देखेपछि प्रहरीले पक्राउ गरेको हो । नेपालखबर डटकममा समाचार छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर