काठमाडौं- नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०१६ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेका छ ।

संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ११४ जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार आजमात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय