वीरगञ्ज- पर्सा र बाराका थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमवार राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सात प्रहरीसहित थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ५८ जना र बाराका ९ जना रहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार यसअघि संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये ७ जना प्रहरी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका पाँच जना र विर्ता वडा प्रहरी कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बाराका ९ जना संक्रमितहरुमध्ये परसौनी गाउँपालिकाका चार जना, पिलुवाका तीन जना, सिम्रौनगढका एक जना र कलैयाका एक जना रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय