विशेष रिपोर्ट

एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न प्रचण्ड-नेपाल सहमत

657 Shares काठमाडौं— सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट […]
[sharethis-inline-buttons]
एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न प्रचण्ड-नेपाल सहमत
657
Shares

काठमाडौं— सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको नेता पौडेलले बताए ।

गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर