धनुषा : मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आईतवार एकदिन सार्वजानिक विदाको घोषणा गरेको हो ।

अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एकदिन सार्वजनिक विदा दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

शुक्रबार साँझ उनले एक विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय