काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ ।

सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘कक्षा–१२ को परीक्षा जेठमा हुन्छ । यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’ उनले भने ।

बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ । यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip