एजेन्सी— भारतको राजधानी नयाँ दिल्लीमा समुदायस्तरमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको पाइएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको बताएका हुन् ।

उनले दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ती छन् । यसमा विदेशमा यात्रा गर्नेहरू पनि छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको उनको भनाइ छ ।

उनले दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण दर बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

भारतमा कोरोना भाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या बढेर १३ हजार १५४ पुगेको छ । यसमध्ये ओमिक्रोनबाट सङ्क्रमित ९६१ रहेका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् । महाराष्ट्रमा यो सङ्ख्या २५२ रहेका छन् ।

पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा येलो अलर्ट घोषणा गरेका थिए । यसमा कयौँ प्रतिबन्धहरू थप गरिएका छन् । सिनेमा घर, जिम, स्कुल, कलेज आदि बन्द गरिएको छ । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति झनै खराब हुने विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय