document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5286;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
नयाँ दिल्ली— भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो ।
सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।
पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ ।
पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ ।
भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ । रासस










