document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5264;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रदेशसभा बैठकबाट पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले जनाइन् ।
यसअघि प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।
बैठकमा भएको छलफल क्रममा सत्तारुढ नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने प्रक्रिया गलत भए पनि विधेयक नै रद्द गर्नुपर्ने आवश्यकता भने नरहेको बताए ।
तर विश्वविद्यालयको नाममा भने उनले आपत्ति जनाए । प्रदेशसभा सदस्य चौधरीले भने, ‘विश्वविद्यालय विश्वभरका व्यक्ति आएर पढ्ने ठाउँ रहेकाले यसमा प्रदेशको टोपी लगाइदिने ? सुन्नु भएको छ यस्तो नाम पनि कहिल्यै ?’
उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घट्ने पनि बताए । प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रदेशसभा सदस्य जानकीशरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।
उनले सामान्य परिस्थितिमा पनि अध्यादेश ल्याउनु खेदजनक रहेको टिप्पणी गरे ।










