document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5031;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं ।
विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ । तर पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ ।
उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् । जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल मिडियामा जुन तस्बिर भाइरल भइरहेको त्यसमा महिला पुरोहितले मन्त्र उच्चारण गर्दै हवन गरिरहेकी छिन् ।
स्मरण रहोस्, विवाह बन्धनमा बाँधिएका यो जोडी उत्सव र साक्षी हो । यी दुबैले पारम्परिक बंगाली विवाहभन्दा केही भिन्न गर्ने सोचेका थिए । त्यसपछि नै महिला पंडित अनिता मुखोपाध्यायसँग सम्पर्क गरियो र उनी यो विवाह गराउन मानिन् ।
यी दुई व्यावसायिक रुपमा सफ्टवेयर इन्जिनियर हुन् । आफ्नो विवाहलाई विशेष बनाउनका लागि उनीहरुले यस्तो सोचेका हुन् ।










