document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4781;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।
जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफना प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर प्रस्थान गरेका हुन् ।
‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर जान लागेका हौं’, शरदसिंह भण्डारीले बताएका छन । उनकाअनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु बुधवार जनकपुर पुग्दैछन् ।
प्रदेश २ मा प्रभावशाली रहेको तराई मधेस केन्द्रीत राजनीतिक दल जसपा नेपाल र लोसपाबीच प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि तानातान गर्ने कार्यले तीव्रता पाएको छ ।
न्युज कारखाना










