document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4682;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— बिग बोस’ को १५ औं सिजन ‘बिग बोस ओटीटी’ की प्रतिस्पर्धी मुस्कान जट्टानाले आफू ‘बायोसेक्सुअल’ भएको खुलाएकी छन् ।
सामाजिक सञ्जालमा मुस नामले चिनिने मुस्कानले सेक्सुएलिटीको विषयमा कुराकानी गर्ने क्रममा आफू पुरुष र महिला दुवैसँग आकर्षित हुने बताएकी हुन् ।
सामाजिक सञ्जालमा फेशन, कपडाका कारण चर्चामा रहेकी मुस्कानले शोमा प्रतिक सहजपालसँग कुराकानी गर्दै भनेकी छन्, ‘म केटाहरूसँग आकर्षित हुन्छु तर केटीहरुसँग सम्बन्ध बनाउनु मेरा लागि धेरै जरुरी छ ।’
पञ्जाबी–अष्ट्रेलियन मुस्कान केटाभन्दा केटीसँग जीवन बिताउन चाहन्छिन् ।
बिग बोसमा उनको कनेक्शन कोरियोग्राफर निशान्त भट्टसँग रहेको छ । यद्यपि, उनी प्रतिक सहजपालसँग नजिक छिन् । धेरैपटक शोमा मुस्कानले अपशब्द प्रयोग गरेकी छन् । उनको भोजपुरी अभिनेत्री अक्षरासँग पनि भनाभन भइसकेको छ ।










