काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा स्थगित गर्न माग गरेका छन्।

परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले परीक्षा रोक्नु पर्ने उनको धारणा छ ।

परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने उनको भनाइ छ।

उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको उनले बताए।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने गरी बोर्डले सूचना निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip