एजेन्सी— डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ ।

सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन ।

यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।

यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि घोषणा गरेका छन् । यसलाई विश्व स्वास्थ्य सङ्गठनले सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत गरिब देशलाई खोप उपलब्ध गराइन्छ ।

पछिल्लो केही महिना चीन र अमेरिकाबीच ‘भ्याक्सिन डिप्लोमेसी’ को होड चलेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले १० करोड खोप आवश्यकताअनुसार देशहरूलाई वितरण गर्ने बताएका थिए ।

अर्को महिना १०० गरिब देशलाई अमेरिकाको फाइजर खोपको ५० करोड डोज दिन गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय