एजेन्सी— पेट्रोलजन्य पदार्थ मूल्यवृद्धिको विरोध गर्न विपक्षी पार्टी काँग्रेस आईका वरिष्ठ नेता राहुल गान्धी साइकलमै संसद पुगेका छन्।

पछिल्लो समय गान्धी मोदी सरकारसँग आक्रामक देखिएका छन्। उनले पेगासस प्रकरण, कोरोना प्रकोप, किसानको मुद्दामा सशक्त ढंगबाट आवाज उठाइरहेका छन्।

यसबीचमा मंगलबार बिहानै गान्धी विपक्षी गठबन्धनको नेतृत्व गर्दै साइकलमै संसद पुगेका हुन्। उनको समर्थनमा अन्य विपक्षी नेताहरुले पेट्रोल मूल्यवृद्धिको विरोध गर्न साइकल चढेर एक्यवद्धता जनाएका थिए।

यसअघि किसानको समर्थन जनाउँदै गान्धी ट्रयाक्टर चढेका थिए। किसानले लागतभन्दा कम मूल्य पाएको भन्दै कृषि सम्बन्धी कानुन परिमार्जन गरिनुपर्ने आवाज भारतमा उठिरहेको छ।

हाल किसान मोदी सरकारविरुद्ध आन्दोलित छ भने मूल्यवृद्धिका कारण युवाहरु आक्रोशित छन्। अहिले पेगासस प्रकरण झनै बहसको विषय बनेको छ। मोदी सरकारले आफूलाई मन नपर्ने व्यक्तिको जासुसी गरेको भनेर विपक्षीले आवाज उठाइरहेका छन्। एनडीटीभी

(भिडिओ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय