document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4383;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भोलि मंगलबार भेटवार्ता हुनेभएको छ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार हुनुभएको हो । नेता नेम्वाङले भन्नुभयो, “भोलि मंगलबार दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।” साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो ।
नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो ।
आज सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी हुनुभएको बताइएको छ ।
एमालेको आज बसेको स्थायी कमिटी बैठकले नौ वटा केन्द्रीय विभाग गठन गरी संयोजक तोकेको छ । त्यसको भोलिपल्ट दुई नेताहरुबीच भेटवार्ता गर्ने समय तय भएको नेता नेम्वाङले बताउनुभयो ।
भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।
साभारः गोरखापत्र










