document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4315;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देउवा सरकारमा सहभागी हुने मन्त्रीबारे चर्चा सुरु भएको छ । पार्टी कार्यालयदेखि नेताको निवाससम्म नेता तथा कार्यकर्ताको चहल पहल बढेको छ ।
आज बिहानैदेखि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको विषयमा छलफलमा लागेका थिए भने केही नाम प्रस्ताव गरेर अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिको पठाइएको छ ।
अहिले तुलसी अमात्य स्मृति भवनमा चलिरहेको बैठकले मन्त्रीको ढुंगो लगाउने बताइएको छ । मन्त्रीमा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीलगायतको नाम प्रस्ताव गरेको बताइएको छ ।
त्यसमा यसपटक पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान नहुने तर्क सबभन्दा बढी उठेको स्रोतले जनाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार डा.बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणु यादवलगायतका नेताहरुले उपेन्द्र यादव सरकारमा सहभागी नहुँदा नै राम्रो हुने तर्क राखेका छन् ।
यो चुनावी सरकार भएका हुनाले पार्टीकै अध्यक्ष सरकारमा सहभागी भएपछि संगठन सञ्चालन प्रभावित हुने तर्क उनीहरुको रहेको स्रोतले जनाएको छ ।
साभारः रातोपाटी










