काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

मंगलबार ओली निवास बालकोटमा  नेकपाका  भएको भेटवार्तामा सहभागी एमाले  नेता  राजन  भट्टराईका अनुसार भेटमा  चन्दले  यसअघि भएको  सहमतिअनुसार  अगाडि बढ्ने    जानकारी दिएका थिए । गोरखापत्रमा खबर छापिएको छ ।

पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् ।

नेताहरूसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय