एजेन्सी- पेरिस सेन्ट जर्मेनले एटलान्टाविरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै पछिल्लो २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एटलान्टाका मारियो पासालिचको गोलको कारण हारतर्फ अग्रसर बनेको पीएसजीले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।

ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।

पीएसजीले अब अर्को मंगलबार हुने सेमिफाइनलमा आरबी लेइपजीग र एथ्लेटिको म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।

खेलमा नेयमारले लियोनेल मेस्सीको एक खेलमा सबैभन्दा बढी ड्रिबलिङको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले सन् २००८ मा म्यान्चेस्टर युनाइटेडविरुद्ध एकै खेलमा १६ वटा ड्रिबल पूरा गरेका थिए । नेयमारले बुधबारको खेलमा सो उपलब्धि बराबरी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय