एजेन्सी— भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो ।

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् ।

भारतमा कोरोनाकालमा बिहेमा सहभागी हुनका लागि मानिसहरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्डभन्दा धेरै संख्यामा पाहुनाहरू बोलाउन पाइदैन ।

त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियोहरू पनि भाइरल हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय