विशेष रिपोर्ट

महोत्तरीको बर्दिवासमा भदौ २ गतेसम्मका लागि निषेधाज्ञा थपियो

657 Shares बर्दिवास- महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ […]
[sharethis-inline-buttons]
महोत्तरीको बर्दिवासमा भदौ २ गतेसम्मका लागि निषेधाज्ञा थपियो

बर्दिवास- महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ ।

सरोकारवालाहरुको  संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ ।

कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।

बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ । साभारः रातोपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर