document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 403;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बर्दिवास- महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ ।
सरोकारवालाहरुको संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ ।
कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।
बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ । साभारः रातोपाटी









