काठमाडौं— सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको छ । त्यससँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै कांग्रेस सभापति देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

साथै, आजको मितिले दुई  दिनभित्र अर्थात् २९ अपराह्न ५ बजेभित्र दाबी गर्न बहुमत सदस्यसहित गएका प्रतिनिधिसभा सदस्यलाई नियुक्ति गर्न र (६) बमोजिम विश्वासको मत लिने व्यवस्था मिलाउन परमादेश पनि जारी गरेको छ ।

मतदान गरेको कुरालाई लिएर  दल त्याग गर्ने कारबाही नगर्न / नगराउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip