विशेष रिपोर्ट

आईपीएलमा अर्को सिजन दुई नयाँ टिम थपिने, डिसेम्बरमा लिलामी हुने

657 Shares एजेन्सी— भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी अक्टोबरमा सन् २०२२ को आईपीएलका लागि दुई नयाँ टिमको घोषणा गर्न लागेको भारतीय मिडियाहरूले जानकारी […]
[sharethis-inline-buttons]
आईपीएलमा अर्को सिजन दुई नयाँ टिम थपिने, डिसेम्बरमा लिलामी हुने

एजेन्सी— भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी अक्टोबरमा सन् २०२२ को आईपीएलका लागि दुई नयाँ टिमको घोषणा गर्न लागेको भारतीय मिडियाहरूले जानकारी दिएका छन् । बीसीसीआईले यसको ब्लूप्रिन्ट तयार गरेको समाचारमा उल्लेख छ ।

नयाँ टोलीको घोषणा मेमा गर्ने योजना थियो तर कोरोनाको कारण लिग स्थगित भएपछि त्यो काम रोकिएको थियो । बोर्डले त्यति बेला आफ्नो सम्पूर्ण ध्यान आईपीएल सक्नेमा रहेको बताएको थियो । सो अवस्थामा नयाँ टोलीका लागि टेन्डर जारी गरिएन ।

तर अब बोर्डले चाँडै नै नयाँ टोलीको घोषणा गर्ने तयारी गरेको हो । नयाँ टोलीका लागि डिसेम्बरमा लिलामी हुन सक्ने बताइएको छ । जनवरीमा मिडिया राइट्सका लागि लिलामी हुनेछ ।

बोर्डका लागि टेन्डरको आधार मूल्य सबैभन्दा ठुलो चुनौती हुने छ । पछिल्लो वर्षसम्म बोर्डले नयाँ टोलीका लागि १५ सय करोड रुपैयाँ आधार मूल्य राख्ने तयारी गरेको थियो । तर, राजस्थान रोयल्सको फ्रेन्चाइजीमा भएको बदलावका कारण यसबारे बोर्डले पुनर्विचार गरिरहेको बताइएको छ । अब आधार मूल्य २ हजार करोड रुपैयाँ हुन सक्ने छ । त्यस्तै, आगामी सिजनमा ४ खेलाडीलाई रिटेन गर्न पाइने बताइएको छ ।

बोर्डले यो फैसला १९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म चल्ने आईपीएलको फेज टू पछि लिन सक्नेछ । कोरोना सङ्क्रमणपछि आईपीएल २९ खेलपछि स्थगित गरिएको थियो । लिगमा अझै ३१ खेल खेल्न बाँकी रहेको छ ।

बीसीसीआईले अगस्तमा नयाँ टोलीका लागि टेन्डर निकाल्न सक्ने अनुमान गरिएको छ । दुई टोली थपिएसँगै आगामी सिजन आठ टोलीको साटो १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दैनिक भास्कर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर