काठमाडौं— घूससहित एक सव–इन्जिनियर अख्तियारको फन्दामा परेका छन् ।

ओखलढुंगामा ३० हजार घूससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय