document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3786;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै छक्याउँदै निकोलो बरेल्लाले गरेको प्रहारले खेलेको ३१ औं मिनेटमा जाली चुमेको थियो ।
खेलेको ४४ औं मिनेटमा इटलीले अग्रता दोब्बर पा¥यो । लोरेन्जो इन्सिग्नेले खेलको ४४ आंै मिनेटमा डिबक्स नजिकैबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफको अन्त्यमा जियोभानी डि लोरेन्जोले जेरेमी डोकुलाई फल गरेपछि बेल्जियमले पेनाल्टी प्रहारको मौका पाएको थियो, जसमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेका थिए । तर, थप गोल हुन सकेन र इटली सेमिफाइनल पुग्यो ।
यस जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३२ औं खेलमा पुगेको छ, जसमध्ये पछिल्ला १३ खेलमा उसले लगातार जित हासिल गरेको छ । युरोकपको सेमिफाइनलमा अब इटलीले स्पेनको सामना गर्नेछ ।










