document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3783;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।
आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे ।
आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ ।
तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”
उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो ।










