विशेष रिपोर्ट

आज राति यी दुइ प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना

657 Shares काठमाडौँ— आज राति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि (शुक्रबार) साँझ ६ बजे जारी गरेको मौसम […]
[sharethis-inline-buttons]
आज राति यी दुइ प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ— आज राति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि (शुक्रबार) साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश  १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ।  साथै प्रदेश नम्बर १ र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर